काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधि शासन, भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गर्दै निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने कार्यमा संलग्न भइसकेको दाबी गरेका छन्।
बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत निगरानी, व्यक्तिगत सुरक्षा, विपद्का बेला खोजी–उद्धार, अपराध अनुसन्धान, र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया