सुन–चाँदीको भाउ ओरालो, सुन तोलामा १ लाख ५९ हजार रुपैयाँमा कारोबार

195 Shares

काठमाडाैं । अघिल्लो आइतबारको कीर्तिमान पछि पनि सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी छ। आज बिहीबार सुनको मूल्य तोला प्रति १,४०० रुपैयाँले घटेर २,५९,६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको भाउ तोलामा १,१०० रुपैयाँले घटेर २,६१,००० रुपैयाँ, र मंगलबार ७,९०० रुपैयाँले घटेर २,६२,१०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी पनि ओरालो लाग्दै, आज तोला प्रति ४,४१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोला १२० रुपैयाँले घटेर ४,४७० रुपैयाँ, र मंगलबार तोला ३०५ रुपैयाँले घटेर ४,५९० रुपैयाँमा कारोबार भएको थियो।