समानुपातिक निर्वाचनका लागि ५२ दलले धरौटी रकम बुझाए

220 Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७ बजेसम्म शीर्ष राजनीतिक दलसहित ५२ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुअघि ५० हजार रुपैयाँ धरौटी रकम आयोगमा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि धरौटी रकम बुझाइसकेको आयोगले जनाएको छ।

1-24.webp2-22.webp