नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवारी दिने

197 Shares

काठमाडाैं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ।

सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पार्टीका संरक्षक रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीले अन्य दलहरूसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो। उहाँले समानुपातिक बन्दसूचीमा पनि देशका सबै भूगोललाई समेटेर उम्मेदवार समावेश गरिएको जानकारी दिनुभयो।

संरक्षक चौधरीले निर्वाचनको नतिजा अन्ततः मतदाताको छनोटमा निर्भर रहने बताउनुभयो।