समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन, ९ दलले मात्रै बुझाए

226 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन रहेको छ।

सोमबार साँझसम्म ९ वटा राजनीतिक दलले मात्र समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। तर अझै पनि शीर्ष दलहरूले बन्दसूची बुझाउन सकेका छैनन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा थपिने छैन। यद्यपि बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई मंगलबार बिहान १० बजेसम्म सेवा प्रदान गरिने जानकारी उहाँले दिनुभयो।

आयोगका अनुसार कतिपय दलले प्रतिनिधि पठाएर निस्सा लिने तर बन्दसूची समयमै पेस नगर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ।