221
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराउँदै आएको विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ।
राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि मासिक सटही सीमा तोकेको हो। संशोधित व्यवस्थाअनुसार अब उद्योगहरूले महिनामा अधिकतम २० लाख अमेरिकी डलर र अन्य व्यवसायीहरूले चार लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही सुविधा पाउनेछन्।
यसअघि उद्योगहरूले एकपटकमा पाँच लाख अमेरिकी डलर र अन्य व्यवसायीहरूले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउँदै आएका थिए।
नयाँ व्यवस्थामार्फत राष्ट्र बैंकले चाँदी आयातमा मासिक कोटा निर्धारण गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया