काठमाडाैं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक जारी रहेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही समयअघि सुरु भएको बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची अन्तिम रूप दिने एजेन्डामा छलफल भइरहेको छ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यस विषयलाई प्राथमिकतामा राखेर निर्णय प्रक्रिया अघि बढाइरहेको पार्टी स्रोतले जनाएको छ।
जिल्ला तथा प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र सोही बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी रहेको बताइएको छ।
बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक परिस्थिति तथा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग गरेको भेटवार्ताको ब्रिफिङ लगायत विषयमा पनि छलफल हुने जनाइएको छ।
११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया