काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको सहकार्यलाई अनौठो मान्न नहुने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति गुरुङले राजनीतिमा को–को जुट्छन् र को–को छुट्टिन्छन् भन्ने विषय कांग्रेसको चासोको विषय नभएको स्पष्ट पारे। राजनीतिमा एकता र विभाजन स्वाभाविक प्रक्रिया भएकाले यसलाई असामान्य रूपमा लिन नहुने उनको भनाइ छ।
उनले राजनीतिक यात्रामा अनेकौँ चुनौती आउने भए पनि नेपाली कांग्रेसले ती सबै चुनौतीको सामना गर्दै आएको उल्लेख गरे। त्यसकारण यस्ता घटनालाई गम्भीर रूपमा लिन आवश्यक नरहेको उनको धारणा छ।
राजनीति सधैं सरल ढंगले अघि नबढ्ने उल्लेख गर्दै उपसभापति गुरुङले राजनीतिक परिवर्तन र उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया