सातबुँदे सहमतिपछि रविले भने: ‘सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ’

213 Shares

काठमाडौं ।

राजनीतिक वृत्तमा शक्ति बाँडफाँट र पदको खिचातानी चर्किँदै गएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमतिलाई नयाँ ढंगले परिभाषित गरेका छन्।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सातबुँदे रणनीतिक सहमति भएपछि लामिछानेले सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

आज बिहान बालेन शाहसँग निर्णायक वार्ता सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै लामिछानेले लेखेका छन्, “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”

लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। सहमतिअनुसार आगामी आम निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ।

पार्टीको सांगठनिक कमान्ड भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्यविभाजन तय गरिएको छ। यस सहमतिलाई वैकल्पिक राजनीतितर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ

rabi-balen.jpg