काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वार्ता सुरु भएको छ ।
वैकल्पिक शक्ति निर्माणको छलफलमा जुटेका लामिछाने र बालेनबीच बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता सुरु भएको हो ।
यसअघि सोही ठाउँमा बालेन र काँग्रेस नेता सुनील शर्माबीच समेत छलफल भएको थियो ।
काँग्रेस नेता शर्माले छलफलबारे मकालुखबर सँग भने, प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा मैले बालेनसँग कुराकानी गरेको गरेको छु, अरू समसामयिक राजनीति र निर्वाचनबारेमा सामान्य छलफल भयो ।
रवि लामिछाने र बालेन्द्र शाहले मंगलबार राति ६ घण्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रूपमा आज फेरि बसेको रास्वपा एक नेताले मकालुखबरलाई जानकारी दिए ।
जारी वार्तामा रास्वपाका केन्द्रीय सदस्य असीम साह र बालेनका सहयोगी कुमार बेन सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया