काठमाडौँ। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्।
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र **नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’**सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले मन्त्री खरेलले यो भेटवार्ता आयोजना गरेका हुन्। उनका सचिवालयका अनुसार मन्त्री खरेलले पहिलो भेट कांग्रेस सभापति देउवासँग गर्नेछन् भने त्यसपछि ११ बजे एमाले अध्यक्ष ओली र अन्तिममा प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयहरूको अनुगमन कार्य पनि सरकारले सुरु गरेको छ। निर्वाचनको तयारी, सुरक्षा तथा आपसी समन्वयका विषयमा सरोकारवाला पक्षसँग संवादलाई तीव्र बनाइएको सरकारको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया