171
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाली काँग्रेसका नेता डा. सुनील शर्माबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान मेयर बालेन निकट सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा उक्त भेटवार्ता भएको हो।
भेटका क्रममा प्रतिनिधिसभा पुनर्स्थापना भए त्यसको सम्भावित प्रभावबारे छलफल भएको काँग्रेस नेता शर्माले जानकारी दिएका छन्। शर्माले समसामयिक राजनीतिक अवस्था, मुलुकको वर्तमान परिस्थिति र दीर्घकालीन निकासका विषयमा बालेनसँग विचार आदान–प्रदान भएको बताए।
शर्माका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना गरी राष्ट्रिय सर्वमान्य सरकार गठन गरेर देशलाई स्थायित्व र निकासतर्फ लैजानुपर्ने प्रस्ताव आफूले मेयर बालेनसमक्ष राखेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया