“सरकारले चुनावी वातावरण बनाए एमाले बहुमत ल्याउँछ” : ओली

189 Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आवश्यक वातावरण बनाए पार्टी निर्वाचनमा जान तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको ११औँ महाधिवेशनमा स्वयंसेवकहरूको योगदानप्रति धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्ने एमालेको चाहना रहेको बताए।

उनले सरकारले निर्वाचनको वातावरण निर्माण गरे एमाले बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे। अध्यक्ष ओलीले एमाले परिस्थितिअनुसार अघि बढ्ने उल्लेख गर्दै निर्वाचनको अनुकूल वातावरण बनाउन सरकारले अपेक्षित चासो नदेखाएको टिप्पणी गरे।