कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

143 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। हिजोदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

हिजोको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो। बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिकालाई व्यवहारिक र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याएका प्रवक्ता महतले बताए।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन तथा क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए। उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

महामन्त्री थापाको प्रस्तावमाथि पार्टीका नेताहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि निरन्तर रहने जनाइएको छ।