राष्ट्रियसभा निर्वाचन: २ हजार ४३ जना मतदाता (सूचीसहित)

198 Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुंग्याएको छ।

फागुन २० गतेदेखि ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ जना राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि निर्वाचन हुन लागेको हो। आयोगका अनुसार सातै प्रदेशबाट जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्नेछन्। तीमध्ये ५ सय ४५ जना प्रदेश सभा सदस्य रहेका छन् भने १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष रहेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ तोकिएको छ।

1-18.webp2-18.webp3-16.webp