कांग्रेस १५औँ महाधिवेशनका लागि गगन थापाले अघि सारे नयाँ ढाँचा

168 Shares

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न तीन तहको अधिवेशन प्रक्रिया अपनाउने प्रस्ताव पेस गर्नुभएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिँदै महामन्त्री थापाले वडा अधिवेशन, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र केन्द्रीय महाधिवेशन गरी तीन तहमा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेको बताउनुभयो। उहाँका अनुसार प्रदेश अधिवेशन भने आम निर्वाचनपछि गर्न सकिने प्रस्ताव गरिएको छ।

महामन्त्री थापाले क्रियाशील सदस्यता विवाद र बदनियत देखिएको स्थानमा सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमै खटाएर समस्या टुंग्याउने प्रस्तावसमेत अघि सार्नुभएको छ।

थापाको प्रस्तावमाथि बुधबार छलफल भए पनि कुनै निर्णय भने भइसकेको छैन। बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेछ।

“वडाको अधिवेशन, क्षेत्रको अधिवेशन गरेर केन्द्रको गरौँ। सातवटै प्रदेशको निर्वाचन आम निर्वाचनपछि गर्न सकिन्छ,” उहाँले भन्नुभयो।