तारिख बुझ्न चितवन जाँदै रवि लामिछाने

183 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिख बुझ्न चितवन जाने तयारीमा छन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने आज चितवनको साहरा सहकारी ठगी प्रकरण मा तारिख बुझ्न चितवन जिल्ला अदालत उपस्थित हुने कार्यक्रम छ।

लामिछाने बुद्ध एयरको विमानमार्फत चितवन जाने तयारीमा भए पनि मौसम खराबीका कारण उडान प्रभावित भएको छ। उनका स्वकीय सचिव अविनाश आचार्य का अनुसार बिहान ९ बजेका लागि टिकट रहेको भए पनि मौसम प्रतिकूल हुँदा हालसम्म जहाज उड्न नसकेको हो।

यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझिसकेका थिए