रविको उपस्थितिमा रास्वपा बैठक जारी

215 Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

बैठकअघि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रमपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुक तथा कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए।

त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले लामिछानेलाई कार्यकक्षमा स्वागत गरेपछि केन्द्रीय समिति बैठक औपचारिक रूपमा सुरु भएको हो।

हाल रास्वपाको केन्द्रीय समिति बैठक जारी रहेको पार्टीले जनाएको छ।