काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले काठमाडौंमा खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले काठमाडौंमा एक लाख मानिस अट्ने उपयुक्त खुला मैदान नहुनु लज्जाको विषय भएको बताउनुभयो। उहाँले राजनीतिक दलहरूले ठूलो संख्यामा सहभागी गराएर कार्यक्रम गर्न नपाउनु अपमानजनक अवस्था भएको टिप्पणी गर्नुभयो।
संयोजक दाहालका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानहरू पनि राजनीतिक दलहरूको ठूला कार्यक्रम आयोजना गर्न पर्याप्त छैनन्। उहाँले यसले लोकतान्त्रिक अभ्यासमा बाधा पुगेको उल्लेख गर्नुभयो।
सभालाई सम्बोधन गर्ने क्रममा संयोजक दाहालले सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया