काठमाडौं । टी–२० विश्वकप २०२६ का लागि भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सामाजिक सञ्जाल एक्समार्फत टोलीमा समावेश खेलाडीहरूको सूची सार्वजनिक गरेको हो।
सूर्यकुमार यादवको कप्तानीमा घोषित टोलीमा ईशान किशन र रिन्कु सिंहलाई स्थान दिइएको छ भने अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसअघि उपकप्तान रहेका शुभमन गिल भने टोलीमा समावेश भएका छैनन्।
बीसीसीआईका अनुसार यही टोलीले जनवरीमा न्युजिल्यान्डविरुद्ध हुने टी–२० सिरिज पनि खेल्नेछ।
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु स्यामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, वाशिङ्टन सुन्दर र ईशान किशन (विकेटकिपर)।
फेसबुकबाट तपाईको प्रतिक्रिया