कांग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्दै

203 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पार्टीका शीर्ष पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लाग्नुभएको हो।

बैठकमा यही पुस २६ गतेका लागि तय गरिएको पार्टीको केन्द्रीय महाधिवेशनको तयारीबारे छलफल हुने कांग्रेसले जनाएको छ। यसका साथै महाधिवेशनको विस्तृत कार्यतालिका तथा विधान मस्यौदा समिति गठनका विषयमा पनि बैठक केन्द्रित रहने बताइएको छ।