मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

180 Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ।

मधेश प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो। यादवको पक्षमा कूल ९२ मत परेको छ। मतदानमा सहभागी भएका सबै सांसदहरूले उहाँलाई मत दिएका हुन्।

साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे छ। नेकपा एमाले इतर ७ दलकाे सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई शुक्रबार एमालेले समेत पक्षमा मत दिएकाे हाे।