एमालेकाे दोस्रो केन्द्रीय कमिटी बैठक पुसकाे अन्ति हप्ता बस्ने

146 Shares

काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ।

शुक्रबार काठमाडौँमा बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। साथै, बैठकले केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको जानकारी उपमहासचिव लेखराज भट्टले दिए।

बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी सबै पार्टी कमिटीहरूमा पठाउने निर्णय पनि गरेको छ। ११औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेको विधानलाई एक हप्ताभित्र सार्वजनिक गरी पार्टीका सबै तहका कमिटीमा पठाउने प्रस्ताव बैठकले पारित गरेको उपमहासचिव भट्टले बताए।

त्यस्तै, बैठकले नेताहरूको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ।

नेकपा (एमाले) ले पार्टीको ११औँ महाधिवेशन भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै त्यसमा संलग्न सबैलाई धन्यवादसमेत व्यक्त गरेको छ।