महाधिवेशन नजिकिँदै गर्दा सह–महामन्त्री पदका लागि कांग्रेस नेता शर्माको तयारी

221 Shares

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सह–महामन्त्री पदका सशक्त दाबेदार रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पारे। उनले आफूलाई सह–महामन्त्री पदमा उम्मेदवार बन्न नदिइए आफ्नै तरिकाले महामन्त्री पदमा उम्मेदवारी दिने चेतावनी समेत दिए।

उनले पार्टीका शीर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहका नेतामाथि दमन गरेमा छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी पनि दिए। पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको आरोप लगाउँदै उनले नेतृत्वले सबैलाई समेट्नुपर्ने धारणा राखे।

नेता शर्माले वर्तमान महामन्त्री गगनकुमार थापाले नेतृत्व गरेको पार्टीको कार्यशैली आफूहरूले देखिसकेको उल्लेख गर्दै आफूले नेतृत्व गरेको पार्टी जनतासामु प्रस्तुत गर्ने चाहना रहेको बताए।