202
Shares
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।
पार्टीका अनुसार बैठक भोलि दिउँसो १ बजे काठमाडौंस्थित कार्की बैंक्वेटमा आयोजना हुनेछ । ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो पहिलो औपचारिक बैठक हो ।
बैठकमा महाधिवेशनपछि पार्टीको आगामी कार्यदिशा, संगठनात्मक संरचना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया