174
Shares
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार झाँक्रीले १ हजार ९ सय ११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । त्यस्तै, सुहाङ नेम्वाङले १ हजार ७ सय २१ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आयोजित एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी निर्वाचन सम्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया