218
Shares
काठमाडौं । नेकपा एमालेले पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहणको समय तय गरेको छ ।
एमाले निर्वाचन आयोगका अनुसार पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यहरूको शपथग्रहण बिहीबार दिउँसो ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने छ ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष ओली नेतृत्वको प्यानलले बहुमत हासिल गरेको एमालेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया