सचिव पदमा केपी ओली प्यानल नै विजयी

174 Shares

काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।

सचिव पदतर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै महेश बस्नेत १ हजार ५ सय ४४ मतसहित विजयी भएका छन्। दोस्रो धेरै मत ल्याउनेमा पद्माकुमारी अर्याल रहेकी छन्। उनले १ हजार ५ सय ३० मत प्राप्त गरेकी छन्। त्यसैगरी तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहेका छन्। उनले १ हजार ५ सय ०६ मत प्राप्त गरेका छन्।

यसैगरी सचिव पदमा शेरधन राई १ हजार ५ सय ०३ मतसहित, हिक्मतकुमार कार्की १ हजार ३ सय ३७ मतसहित, खगराज अधिकारी १ हजार २ सय ३१ मतसहित, यामलाल कंडेल १ हजार १ सय ८५ मतसहित, राजन भट्टराई १ हजार १ सय ८१ मतसहित तथा भानुभक्त ढकाल १ हजार १ सय ०८ मतसहित विजयी भएका छन्।