कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतको कारण देखाउ

209 Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा बुधबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।

रिट निवेदनमा संविधानले अयोग्य ठहर गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी सोही असंवैधानिक सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ। त्यसकारण प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग रिटमा गरिएको छ।

यसैगरी, प्रधानमन्त्री कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग पनि रिटमा समेटिएको छ।