काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ।
पार्टीका अनुसार बुधबार राति साढे १० बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। भृकुटीमण्डपस्थित मतदानस्थलमा बुधबार बिहान आयोजित प्रेस ब्रिफिङमा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको दुई घण्टाभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार कुल मतदाता संख्या र विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्न लाग्ने समयलाई मध्यनजर गर्दै व्यवस्था मिलाइएको छ। एक व्यक्तिलाई औसत २० मिनेट समय लाग्ने र एक पटकमा ८० जनाले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
यस आधारमा करिब साढे ८ घण्टाभित्र मतदान सम्पन्न गर्ने लक्ष्यअनुसार महाधिवेशन निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको नेता गौतमले बताउनुभयो।
हाल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने क्रम जारी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया