195
Shares
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार बिहान ८ बजे मतदान हुने भएको छ ।
आज हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेको हो ।
नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यसअघि दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।
मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए ।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व९अध्यक्ष०का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया