काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ३१औं स्थापना दिवस मनाएको छ । सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष समारोह आयोजना गरी महानगरपालिकाले ३१औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्द्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनर्स्थापना, एकीकृत शहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताएका छन् ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र साङ्गीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न स्रष्टाहरूलाई सम्मान पनि गरिएको छ ।
स्थापना दिवसकै अवसरमा महानगरले हिजो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा परम्परागत बाजा बजाउने २ सय ३५ जना गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
१९९६ साल पुस ३ गते स्थापना भएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डौ नगरलाई महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया