ईश्वर समूहबाट तीन जनाको नाम टुंगियोः महासचिवको उम्मेदवार पाण्डेलाई बनाउने निर्णय

182 Shares

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको बेला ईश्वर पोखरेल समूहले प्यानल सार्वजनिक गर्न थालेको छ । 
पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ । मंगलबार नेतृत्व चयनका लागि मतदानको तयारी हुँदै गर्दा अध्यक्ष केपी ओलीलाई पोखरेलले चुनौती दिँदैछन् ।