महाधिवेशनको उद्घाटनमा उपस्थित मात्रै एमाले भन्ने नठानुस्ः ओली

198 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नठान्न आग्रह गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘हिमाल पहाड र तराई तथा प्रवास सम्म जोडिएको एमलेका लागि यो सभामा उपस्थित भएका हामीहरू केही थोपा मात्रै हौं । एमालेले ठूलै सभा गर्यो भन्ने वित्तिकै यही सभामा उपस्थित मात्रै एमले भन्ने नठानुन् । यो सभामा उपस्थित हामीहरू एमाले महासागरको एउटा थोपा मात्रै हो ।’
 आज सुरु भएको एमालेको महाधिवेशन तीन दिन सम्म चल्नेछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।