एमालेले सार्वजनिक गर्‍यो ११ औँ महाधिवेशनको लोगो

190 Shares

काठमाडौँ । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह लोगो सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ ।सार्वजनिक लोगोमा पार्टीको इतिहास, नेतृत्व र सङ्कल्प तथा परिवर्तनप्रतिको उत्साह समेटिएको सचिव पद्यमा अर्यालले जानकारी दिइन् ।त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ ।  महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आइतबार साँझबाट सूर्य खबर प्रकाशित गर्ने भएको छ ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।