165
Shares
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको एक विमान अवतरणका क्रममा चरासँग ठोक्किएको घटना सार्वजनिक भएको छ। शनिबार पोखरा विमानस्थलमा अवतरण गर्न लागेको उडान संख्या ६१७ रहेको जहाजमा चरा ठोक्किएको पुष्टि बुद्ध एयरले गरेको हो।एयरलाइन्सका अनुसार, विमानका सबै यात्रु र चालक दल पूर्ण सुरक्षित रहेको छ। घटनापछि जहाजलाई पोखरास्थित प्राविधिक टोलीले विस्तृत जाँच गरिरहेको जानकारी पनि कम्पनीले दिएको छ। बर्ड हिट विमान सुरक्षाका सामान्य सम्भावित जोखिममध्ये एक भए पनि, समयमै अवतरण र आवश्यक सावधानीका कारण कुनै क्षति नहुने गरी परिस्थिति नियन्त्रणमा आएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया