लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

211 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्सले प्रतियोगिताको दोस्रो जित दर्ता गरेको छ। पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा दोस्रो जित निकालेको हो। पोखरा एभेन्जर्सले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९।४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। पोखरा एभेन्जर्सको लागि विपिन खत्री, म्याट टेलर र सागर ढकालले २–२ विकेट लिए। जिमी निशमले १ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ५० रन बनाएको थियो। पोखराले यसअघिको तीन खेलमा १ जित र २ हार बेहोरेको छ।  पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो। लुम्बिनीले यस अघिको ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ। लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो।  आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुनेछ।