189
Shares
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुने भएको छ। आइतबार दिउँसो २ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा एकता घोषणा सभाको आयोजना भएको छ। गत बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकताको निर्णय गरेको थियो। विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र अर्का नेता रञ्जु दर्शनाका अनुसार रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकारी निसर्त एकताको घोषणा भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया