लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार चाैथाे जीत

210 Shares

काठमाण्डौं ।नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९, आरिफ शेखले ३९ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले १र१ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १ सय ४३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले ३र३ विकेट लिए । यो जीतसँगै सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनी ४ खेलमा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।