सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया शुरु

300 Shares


काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडपछि अवरुद्ध बनेका सबै सेवा शुरु भएका छन् । गत कात्तिक २० गते बसेको सर्वोच्चको अदातको फुल कोर्टले मंसिर १ गतेदेखि सबै सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सोमबारदेखी सेवा सुचारु भएको हो । सेवा सञ्चालनको लागि सर्वोच्चमा जलेका मुद्दाका कागजात सेवाग्राहीले बुझाउने प्रक्रिया शुरु गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिएका छन् । सेवाग्राहीको सहजीकरणको लागी अदातमा रहेको चार वटा टे«ड युनियनले छुट्टै आ–आफ्नो संगठनबाट ४÷५ जना स्वयंसेवकहरु समेत खटाईदिएको उनले बताएका छन् । सवोच्च अदालतले सेवाग्राहीसँग आफूसँग भएका मुद्दाका फाईलहरु उपलब्ध गराउन आग्रह समेत गरेको छ ।