221
Shares
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।आईतवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए । उनका अनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । उनले संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको दाबी गरे । उनले स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिवद्ध भएर लाग्ने दाबी पनि गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया