प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट

328 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेको छ ।बुधवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेट गरेका हुन् ।प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा.ले आगामी फागुन २१ कमो प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गरेका छन् । छलफलमा निर्वाचन अयोगको तयारी,राजनीतिक दलहरुसँगको छलफल,राजनीतिक दल दर्ता,मतदाता नामावली दर्ता लगायतका विषयहरुमा प्रधानमन्त्री कार्कीले चासो राखेका छन् । यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिएको थियो । आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ । निर्वाचनबारे राजनीतिक दलहरु सशंकित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महत्वका साथ हेरिएको छ ।