जेन–जीको मुख्य मागलाई नै सरकारले बेवास्ता ग¥योः बाबुराम भट्टराई

284 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जेन–जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए ।  जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ । उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिए । भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गरे । उनले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताए । यसले गर्दा प्रमाण नष्ट हुने र दोषि उम्कने उनको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उनको भनाई छ । दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै उनले संविधान असफल बनाउनेहरुसँग शतर्क हुँदै बेलैमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।जेन–जीहरुलाई एकजुट भएर सरकारसँग आफ्ना माग राख्न पनि सुझाव दिए । सरकारले अध्यादेशमार्फत यी मागहरु पूरा गर्नसक्ने उनको भनाई छ ।