गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

290 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।
आईतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका छन् । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताएका छन् । देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरेका छन् । उनले आफूहरुले दलको झण्डा नराख्ने बताएका छन् । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको धाराणा छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिएका छन् । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आईतवार मान्यता दिएको हो । साम्पाङले आईतवार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएको छ ।