काठमाडौं । पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।
निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमती जुट्न नसकेको हो । समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतीको नजिक पुगेको पनि आफूले अनुभुति गरेको पनि बताए । नेपाली काँग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन भने महामन्त्री द्धय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रिय समितिको बैठक समेत भोलीसम्मका लागि स्थगित गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया