छठ पूजाको लागि कुपण्डोलमा तयारी पूरा

184 Shares


काठमाडौं । छठ पर्वको मनाउनको लागि ललितपुरको कुपण्डोलमा सम्पूर्ण तयारी पूरा भएको छ । 
कुपण्डोलको वागमती नदी किनारमा रहेको घाटलाई सरसफाई गरेर नवदुलहीझैँ सजाइएको छ । मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारी छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिनको लागि घाटमा आवश्यक बन्दोबस्त मिलाइएको हो । विशेष गरी मधेस र मैथली क्षेत्रमा मनाईने छठ पहिल्लो वर्षहरुमा राजधानीमा समेत धुमधामको साथ मनाउन थालिएको छ । ललितपुरको कुपण्डोलमा ११ वर्षदेखी छठ पर्व मनाउन थालिएको छठ पूजा समितिका संयोजक सतिशकुमार झाले जानकारी दिए । कुपण्डोल भन्दा अगाडी रामघार र थापाथलीमा छठ पूजा गर्ने गरेको उनले बताए । २०४७ मा सर्वोच्वको पूर्वन्यायधीश कमलनाथ दास, डा गौरिशंकरलाल दा, हालका मन्त्री अनिल सिन्हका बुबा सुशिल सिन्हा लगायतले मिलेर काठमाडौंमा छठ मनाउन थालिएको उनले जानकारी दिए । छठ मनाउनेको संख्या बढ्दै गएपछि रामघाट, थापाथली हुँदै कुपण्डोल सरेको उनको भनाई छ । थापाथलीमा भने सुकुम्वासीहरुले छठ मनाउने ठाउँ कब्जा गरेको उनले बताएका छन् । छठ पूजाको लागि ललितपुर महानगरपलिकाले भरपुर सहयोग गरेको छ ।