सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको २ लाख ५० हजार नाघ्यो

386 Shares

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । 

आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । 

हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो ।