रसुवा बाढीले बगाएर लगेका १७ शव भारतमा फेला

9 Shares

काठमाडौं । नेपालमा यहि भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारत पुगेका १७ जनाकाे शव फेला परेकाे छ।

भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो। उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ। महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चार वटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको हाे।

फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको बताएका छन्। सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको हाे। बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको छ।