कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

315 Shares

काठमाडौं । यतिबेला काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । 

काठमाण्डौमा बिहानैदेखि पारिलो घाम लागेको छ । सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक,दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।