काठमाण्डौ । एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।
सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । अखिलका महासचिव दीपक धामीले देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिने बताएका छन् ।
आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया